झुलायौ तिमीले र
बुढो बनायौ |
भुलायौ तिमीले र
बुढो बनायौ |
रहुन्जेल बैँसमा
सधैँ आफुसंगै
डुलायौ तिमीले र
बुढो बनायौ |
केश कालै थिए,
कोपिलै थिएँ म
फुलायौ तिमीले र
बुढो बनायौ |
लुकेकै सहि थिए
मायाका कुरा
खुलायौ तिमीले र
बुढो बनायौ |
मिति: ११ फाल्गुन २०६३
No comments:
Post a Comment