Wednesday, January 23, 2013

Shaking The Tree, News Publish






झापा दमकमा Shaking The Tree, अभियानको बारेमा लेखिएका समाचारहरु.....! पढिदिनु भएको मा धन्यवाद !!

गजल

भयो अब चै अल्झिन चाहन्न |
म पनि भो माया दिन चाहन्न |

नयाँ बाटो पो अघि बनाउनु छ 
अतितमा म मिसिन चाहन्न |

तिम्रै मान्छे थिएँ, सोच तिमी नै 
तिमी नै आज म किन चाहन्न ?

सपना भाँचिएला भन्ने डर छ 
कम्जोर पिंगमा मचिन चाहन्न ||

Saturday, January 12, 2013

गजल

मुर्दाहरू पालेर देश कहाँ बन्छ ?
राम्रा मान्छे फालेर देश कहाँ बन्छ ?

पगालेर ढुंगा, सुन बनाउन खोज्छौ
जनआवाज टालेर देश कहाँ बन्छ ?

सब्जी पकाउनु जस्तो सोच्छौ सजिलो
नुन मसला हालेर देश कहाँ बन्छ ?

नौलो विचार छैन, नयाँ उमङ्ग छैन
थोत्रा पाइला चालेर देश कहाँ बन्छ ?

Sunday, January 6, 2013

पुरातनवादी सुर्य

आजभोली म हरेक बिहान
पश्चिम फर्किएर हेर्छु
सुर्य उदाउँछ की भनेर
तर ऊ कहिल्यै पश्चिम बाट उदाएन |

हामी कति बद्ली सक्यौँ
आफुलाई आधुनिक बनाउन
हामीले कति कुरा छोडी सक्यौँ
धर्म छोड्यौँ
संस्कृती छोड्यौँ
भाषा छोड्यौँ
जुन आफ्नो पना हो, छोड्यौँ
साच्चै भन्दा
हामीले आफैँलाई छोड्यौँ
हामी यत्रो परिवर्तन भइसक्यौं
तर म छक्क पर्छु
यो सुर्य भने अझै पूर्वबाटै उदाउँछ |

यहाँ स्त्रीहरु गर्भिणी हुन मान्दैनन्
पुरुषहरु आमा चिन्दैनन्
हामीले फुलहरु चुँडेर
ढुंगा रोपी सक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पूर्वबाटै उदाउँछ?

हामीले पछौटेको दाग
मेटाउन लाग्दा लाग्दै
हामीमा भएको "मान्छे" को
नाम मेटाइसक्यौँ
तर म छक्क पर्छु
चन्द्रमा अझै उही दाग लिएर हिन्छ
ऊ पनि उसै गरि उही रितमा उदाउँछ
र अस्ताउँछ |

हामीले आफ्नु अस्तित्व त्यागेर
आफुलाई अरुमा बिलिन गराईसक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पुर्व बाटै उदाउँछ?
आखीर ऊ पनि पुरातन वादी न पर्यो ||


    ____________गोपाल अर्याल____________
___________लेखन मिति: १३ भदौ २०६९_________
   ____________29th August 2012________



खैंराती एक अंश

समयले घण्टा हान्दै जान्छ
हामी आफ्नु बाल्यकाल गुमाउदै जान्छौँ |

जुन बेला पढ्नु पर्छ
त्यो बेला बुद्दी आउँदैन |

जुन बेला बुद्दी आउँछ
ढिलो भइसकेको हुन्छ |

हाम्रा बा-आमाले शिक्षकलाई कहिले बुझेनन्
शिक्षकले विद्यार्थीलाई र हामीले बिद्ध्यालाई कहिले बुझेनौँ |||


Saturday, January 5, 2013

यात्रा कथा


'ग्रीन हाउस होटेल, लालगढ' लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन | यो केटोले महिला शौचालय किन खोज्यो भनेर मेरो नियत माथी संका गर्नुहोला फेरी, मेरो पछि पछि मेरी महिला साथी थिइन् उनको लागि पनि शौचालय पहिलो आवश्यकता थियो त्यतिखेर | एकछिन् उनलाई वरै उभ्भिन लगाएर मैले यसो नजर घुमाएपछि ढोका बन्द गर्न मिल्ने दुई कोठे शौचालय फेला पारें तर त्यहाँ पुग्न केटाहरुको पम्पिसेट लाइन हुदै जानु पर्थ्यो | हेर्दिन भन्दा पनि त्यो दृश्य देखिन्थ्यो | अवस्था देख्दा सारै रिष उठ्यो तर यात्रामा यस्तै हो | सधैलाई होइन भनेर चित्त बुझाएँ अनि मेरी महिला साथीलाई ती केटाहरुको माझबाट स्कर्टिंग गराएर बन्दकोठे शौचालय सम्म पुर्याएँ अनि आफु पनि लागेँ भित्ता तिर | लौ अब ढुक्क भयो | भुँडी-भण्डार खालि गर्दाको आनन्द त मैले बखान गरिरहनै नपर्ला | हाम्रो शरीर एउटा फिल्टर मात्र हो जस्तो लाग्छ कहिले काहिँ मलाई | माथिबाट भर्यो तल बाट खालि हुन्छ, निरन्तर | फरक यत्ति हो फिल्टरबाट चुहिने पानी सफा र पवित्र मानिन्छ तर सरीर बाट चुहिने अपवित्र |
    
   अब फिल्टर खालि भएपछि भर्नु पनि त पर्यो | मेरी साथीले भात नखाने निर्णय सुनाईन् | मलाई जस्तै भए पनि भात नभई नहुने, भाते म | नाम मात्रको भए पनि मलाई नेपाली खाना चाहिन्छ | यात्रामा बाटामा खुवाइने खाना अत्यन्त तल्ल्लो स्तरको हुन्छ भन्ने जान्दा जान्दै म त्यहि खान भातघरमा छिरेँ | मेरी साथी चाउचाउ अन्डा खाना भन्दै नजिकै रहेको भातघर बाहिरको एउटा पसलमा छिरिन् | खानाको भाउ नसोधीकन खाना खान बसेँ | छरपष्ट घिनलाग्दो देखिने खाना र केहि नाम मात्रका तरकारी र अचार हालेको एउटा ठुलो थाल ल्याएर एउटा केटोले मेरो अगाडी टेबलमा फ्याकेर हिड्यो | निरिह कुकुर जस्तो फ्याकेको खाना टिप्नु सिवाय अरु उपाय थिएन त्यहाँ | केटो फेरी आयो र एउटा कचौरो राखेर हिडिसकेको थियो, मैले सोधिहालेँ "के हो यो?" "मासु" उसले उत्तर दियो | यसो कचौरामा हेरेँ | नबास्ने कुखुराका केहि खिन्लाग्दा अंगहरु त्यसैको झोलमा उत्रिरहेका थिए | खाने खालको मासु त्यसमा थिएन | 'म खान्न' भन्छु भनेर केटो तिर हेरेँ, केटो त हिडिसकेछ | छेउको टेबलमा गाडीका स्टाफहरु बसेका रहेछन् | "खाना कस्तो छ?" तिनै मध्ये एउटाले मलाई सोध्यो | मलाई ठुलो आवाजमा हाँस्न मन लागेको थियो तर हासिन | "यस्तो पनि मासु हुन्छ?" मैले भने | "बाहिर हिड्दा बाटामा मासुसासु खाने नै होइन नी तपाइलाई थाहै रै'नछ" उसले भन्यो | मैले उसका भाग तिर हेरेँ, ऊ फ्राईड चिकेन खादै थियो | रिसाउनु व्यर्थ थियो म फेरी हासिदिएँ | कचौरा आफ्नु भागबाट अलि पर सारिदिएँ अनि भागमा जे थियो (राम्रो सँग हेर्दा पनि नहेरी) छिटो छिटो खाएँ |

  काउन्टरको टेबल माथी बसेर होटल साहु पैसा उठाउदै रहेछ |
"कति हो दाई?"

"एक सय नब्बे |"

"एकसय नब्बे?"

"सादाखाना हो की मासुखाना?"

"सादा |"

"एकसय तिस दिनुस् |"

"अनि अगी किन एक सय नब्बे भनेको त? मान्छेलाई त्यसै तर्साउने?"

"मासुखाना हो की भनेर नी |"

"तेरो बाउ! साला, पहिल्यै सादाखाना हो की मासुखाना हो सोध्न सक्दैन थिईस्" भन्न मन लागेको थियो | "यहाँ यस्तै हो, दिनेले दिहाल्छ" भन्ठानेर चुप लागेर पैसो दिएर बाहिर निस्किएँ |
   
   बाहिर साथी पसलवाला सँग झगडा गर्दै रहिछन् |
"के भयो र?" मैले मेरी साथीलाई सोधेँ | "घिनलाग्दो चाउचाउ, कसरी खानु यस्तो?" उनले एकैपटक रिस र घिन मान्दै भनिन | "बाटामा हिड्दा यस्तै हो घरमा गएर मिठो खाउँला" मैले भने | फेरी उनले भनिन, "मलाई त उल्टी आउला जस्तो भयो, खान सक्दिन यो त" |
 "के खान्छौ त?" मैले सोधेँ | "बरु एउटा अन्डा खानु पर्यो | त्यो त उसिन्ने मात्र हो नी यिनीहरुले, बनाउने त कुखुराले हो" उनले भनिन | म मुस्कुराएँ |

"भाई अन्डा देउ त एउटा, कति हो एउटाको?"

अन्डा दिदै "बीस रुपियाँ"

"आम्मामा बीस रुपीयाँ? तिमीहरु त लुट्नै बसेका र'छौ नी? एउटा अन्डाको आठ रुपीयाँ पर्छ | उसिनेको मात्रै बाह्र रुपियाँ लिने? भाई अलि अलि पो नाफा खानु त हो |" आफु भन्दा सानु देखेकोले र उसका मान्छेहरु वरपर नदेखेकोले मलाई अलिकति आँट आयो र भनिहाँले |

"लुट्न बसेको, भन्न सजिलो छ दाजु | हाम्रो समस्या कस्ले बुझ्छ?"

लौ के चै समस्या र'छ त ? म पनि उत्सुक मान्छे फेरी उसले पनि 'दाजु' आदरार्थी लगाएर सम्मान पुर्वक दुख पोखेकाले सोधिहालौँ न त भन्ने मन मा आयो |

"के छ र भाई त्यस्तो समस्या?"

"एउटा गाडीलाई महिनाको पन्ध्रसय रुपियाँ दिनु पर्छ | यहाँ तेईस वटा गाडी आउछन् | अनि महँगो नबेचे कसरी टिक्ने यहाँ?"

"अनि गाडीले यति जना मान्छे ल्याउनु पर्ने भन्ने छ?" मैले अरु उत्सुकता देखाएँ |

"गाडी खालि आवस वा भरि केहि मतलव हुदैन, पुरा पैसा दिनु पर्छ"

"अनि त्यो होटेलवालाले पनि पैसा दिन्छ?"

"दिन्छ | एउटा गाडीलाई दिनको हजार रुपियाँ दिन्छ"

 लौ देशको संस्कार यहाँ पनि राम्रै सँग बसेको रहेछ | आफ्नु देशको संस्कार तोड्नु त राष्ट्रियता छोड्नु बराबर हो सायद | गाडीले किन अन्य विकल्प नभएको, एउटा मात्र होटेल भएको ठाउँमा लगेर रोक्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा पाइयो आज | यात्रीहरुलाई कुनै विकल्प नहोस् ताकी जस्तो पनि खाना खान उनीहरु तयार हुन्छन् भन्ने कुविचार मनमा राखेरै एकान्त ठाउँमा एउटा मात्र भातघर बनाइँदो रहेछ | यस्ता ठाउँहरुमा कसैको ध्यान जाँदैन | सबै आफ्नो आफ्नो क्षणिक स्वार्थ र लूच्छाचुडी मै ब्यस्त छन् | म निरिह छु | हाम्रा नेता निरिह छन् | सबै निरिह निरिह | निरीहता हाम्रो दैनिकी |
   
  अब सराप्नु बाहेक अरु कुनै उपाय थिएन त्यहाँ | सराप्नु पनि अर्थहीन लाग्यो | मेरी साथीले अन्डा खाइसकेकी थिईन | अब त्यहाँ बसिरहनु आवस्यक थिएन | माँगे जति पैसो दिएर हामी बाहिर निस्कियौँ | त्यो कथा त्यहिँ सकियो | 

Saturday, December 22, 2012

"Shaking the Tree" Movement



An Interview of mine and Ganesh Pandey (a documentary director and a journalist) in a F.M.Radio in Damak, Jhapa about our Shaking the tree Movement and the purpose of documentary making. please listen once when you get time !