Tuesday, September 25, 2012

माछो माछो भ्यागुतो

A short Movie about climate change. Give a look.  



New Nepali Movie "World Cup In Nepal"


The First Nepali Movie about Football craze in Nepal with a typical Nepali Story. And the first feature lenth Movie I have played as a main character. Releasing Soon.... I bet you will Like the Movie.





Tuesday, September 18, 2012

मलामीको लाममा लासहरु

सुन्द्रवातीमा मैले खाना खाने घरका पक्वाल बाजे ७२ वर्षको उमेरमा आज मरे | म अहिले मलामीको लाम सँगै पछि पछि दौडिरहेको छु | सयौँ मान्छे दाउरा काँधमा बोकेर लासको पछि पछि दौडिरहेका छन् | मलाई यस्तो लागिरहेछ 'यी सबै आफ्नो सरीर जलाउन आफ्नो चिहानमा एउटा दाउरो थपिरहेका छन् | मलाई लासहरु  नै  मलामीमा  हिडीरहे जस्तो लाग्यो | म आफैँ पनि धेरै हतारिएर हिडीरहेको  अनुभूति भयो मलाई  | जिन्दगी देखि टाढा, मृत्यु नजिक या जीवनकै नजिक जे भने पनि होला |
दृश्य अवश्य पनि रहर लाग्दो छैन | रमाइलो छैन | नरमाइलो पनि छैन | शान्त छ | म छिटो छिटो हिडीरहेको छु | मलाई एक्कासी रफ्तार कम गर्न मन लाग्छ | म बिस्तारै हिड्न थाल्छु | कारण, छिटो हिड्दा मृत्युको यात्रा नजिकिन्छ भन्ने डर लाग्यो | म बाँच्न चाहन्छु |
घटनाले कोहि पनि अचम्मित छैन | सबै सामान्य हो, प्राकृतिक हो | धर्ममा, भगवानले दिएको बाटो | 
मान्छेहरु हिजो पनि उदासिन थिए, आज पनि उदासिन छन् | भोलि त उदासिनता झन् बढ्ने वाला छ किनकी समाज जटिल बन्दैछ र मान्छेहरु व्यक्तिवादी | हाइटीमा भूकम्पले मान्छे मरे | भारतको हवाईजहाज दुर्घटनामा सयौँ मरे | तर मलाई थाहा छ, त्यो भन्दा बढी मलाई मेरो खुट्टाको औंलामा लागेको सानो चोटको चिन्ता छ | म पहिला आफुलाई सोच्छु त्यसपछि मेरो परिवार, गाउँ वा आफन्ती, त्यस पछि छिमेकी जिल्ला, अनि आफ्नु देश | गर्दै जाँदा कुनै अर्को देशको मान्छेको दुख र पीडाले मलाई छुन सम्म नि छुदैन | म अरुको पिडा र भोगाई प्रति उदासिन छु | सबै उदासिन छन् | संसार उदासिन छ |
म नाटक गर्ने कलाकार | मंचको भूमिका अरुलाई सिकाउँछु | जिन्दगी एउटा रंगमंच हो | मानिस जन्मना साथ जिन्दगीको रंगमंच मा इन्ट्री मार्छ र अभिनय सिध्याएर मंच बाट बाहिरिन्छ | पक्वाल बाजेले पनि जिन्दगीको रंगमंचमा धेरै उकाली ओराली भोगे | जीवनका धेरै अनुभुतिहरुको अभिनय सकेर आज मन्चबाट बाहिरिएका छन् | बाटो हाम्रो पनि त्यहि हो | तर जिन्दगी नाम दिईएको यो मन्चमा रहुन्जेल अभिनय गर्न छोड्नु भएको छैन | धेरै आफ्नो लागि र केहि (थोरै) अरुको लागि यो रंगमंचमा रहुन्जेल बाँच्नु छ, अभिनय गर्नु छ, जसरि पनि |
मैले आफैले कुनै दिन लेखेको थिएँ "म मृत्यु हेर्न हरेक दिन पशुपती जान्छु तर म त त्यहाँ जीवन भेट्टाउँछु" |
पक्वाल बा अब केहि क्षणमै खरानी हुँदैछन | उनका सपनाहरु सायद तुहिदै होलान् | साँच्ची सपना पाल्नु पनि बेकार रहेछ जस्तो लाग्दैछ आज मलाई | म हेरिरहेको छु, पक्वाल बालाई घाटमा ल्याउँदा उनले आफु सँग केहि पनि ल्याउन पाएनन् | पक्वाल बाले सजाएका सपना कस्का लागि थिए होलान् ! सायद उनि ठान्थे यी सबै आफ्नै लागि थिए | तर आज उनि सँग सपना छैनन् | रहर छैनन् | उदेश्य छैनन् | पक्वाल बा आज शान्त छन् एकदमै शान्त !!
उनको आत्माले शान्ती पाओस् !!!

_______________गोपाल अर्याल______________
लेखन मिति: २०६७ -०८-१७, सुन्द्रावती, दोलखा




म आफैँ भित्र हराउँछु

म लफुन्गो भएँ, हावा भएँ | मलाई देखेर, मेरो व्यवहारलाई देखेर अचम्म मान्नेहरु आफैँ सँग प्रश्न गर्छन् "यस्तालाई जन्म दिने बाबु आमा कस्ता होलान्न्?" साँच्चै कस्ता होलान् ? मैले जान्दा सम्म मेरो जन्म हुन मा विर्यदान गर्ने मेरो बाबुलाई मैले देखेको छु र चिनेको छु तर जन्म दिने आमा कस्ती होलिन्? मैले पनि चिनेको र देखेको छैन | मान्छेहरु आ-आफ्नै अड्कल लागाउदा हुन् मलाई जन्म दिने आमा बाबुको बारेमा | धन्य भगवान मलाई सोध्दैनन् | सोधेको भए म के जवाफ दिन्थेँ? त्यो भन्दा भावुक र निरिह हुने अर्को अवस्था नहुँदो हो सायद !

यो बाटो कहाँ जान्छ?
होइन होला !
जाम न त |
म त ढिडो खान्न |
चुरोट?
पिउँछु |
रक्सी?
पिउँछु |
कलाकारपो हुँ त |
जीवन बाँच्नु पर्छ होइन र ?
खोई...........?
मर्नु नि !
मलाई सबले हेला गर्छन् |
के गर्नु त काखमा बोक्नु ?
बच्चा हो र?
लाज लाग्दैन?
मान्छे त रमाइलै हो |
अलि बढी हावा |

मन भने पनि दिमाग भने पनि कहिल्यै कसैको खालि हुँदैन | म कसरी फरक हुनु? जब खोला र जंगलमा हिंड्छु, कविता आउँछ, लेख्न अल्छी लाग्छ | गाडीमा यात्रा गर्दा नाटकको अवधारणा आउँछ, ओर्ले पछि बिर्सिन्छु | दिसा गर्दा समेत रेडियो कार्यक्रमको अवधारणा तयार हुन्छ | योजना तयार गरेर कार्यक्रम चलाउने अठोट चर्पिमै गर्छु, बाहिर आउँछु अर्कै काम अगाडी आइलाग्छ, गर्न थाल्छु | पुराना सबै बिर्सिन्छु | कविता खोलामै मर्छ | नाटक गाडी भित्रै सकिन्छ र नाटककार पनि मर्छ | एउटा होनहार रेडियो कार्यक्रम प्रस्तोता चर्पी भित्रै मर्छ | बाहिर फेरी सपना मात्र हो जीवित हुने | म आम मान्छे हुनुमै चित्त बुझाउँछु |

__________गोपाल अर्याल_________
       लेखन मिति: २०६६-०७-२८,  पात्ले, धादिंग











Tuesday, September 11, 2012

दुरी

_____________________गोपाल अर्याल

सभ्यतालाई लात मारेर
निर्वस्त्र, नांगिएको
तिम्रो तस्विर,
नसाको जोस् मा
असिमित बेग मा
सडकैसडक
दौडिएको तिम्रो जिन्दगी ,
अस्तित्व गुमाएको
पछाडी फर्किएको तिम्रो मुहार
मानव सभ्यताको
कसरी हुनसक्छ ?
जबकी वर्षौ वर्ष सम्म
स्वार्थ, इर्ष्या र लालचमा
कुहिएर डुंगडुंग्ति गन्हाएको
तिम्रो मन
उदार हुनै सक्दैन |
मानवीय मन हुनै सक्दैन |
अरबौँ मनहरुको बिचमा
एउटा मात्र पनि
मन नअटाउने
तिम्रो विचार
खुल्ला हुनै सक्दैन |
तिम्रो संकुचित विचार भित्र
मेरो मन, उसको मन
मानव मुटु, मानव विचार
र अस्तित्व
केवल सुन्य हुनेछ ,
अर्थहीन हुनेछ |
हामी रुँदा तिमी हाँस्नेछौ
खुसीले !
हामी हाँस्दा तिमी रुनेछौ
इर्ष्याले !
तिम्रो पिडा हाम्रो हर्ष मा
तिम्रो हर्ष हाम्रो पिडामा
नजिक
तर पनि धेरै टाढा
हामी बिचको दुरी ||
_______________________
लेखन मिति: २०६२-०५-२०
झापा, नेपाल 


Monday, September 10, 2012

A short movie "DHULO" (धुलो) played by me



सरोज महतोले निर्देशन गर्नुभएको यो लघु चलचित्र मा मैले पनि अभिनय गरेको छु | चाडै "एकादेशमा" भन्ने लघु चलचित्र महोत्सवमा हेर्न पाइने छ | आशा छ मन पराउनु हुनेछ | हामी फरक काम गर्न मन पराउछौँ |

सहयात्रा

_____________________________गोपाल अर्याल

एउटा आलिशान महल भित्र,
मस्तिष्क सुकाउँदै,
सरीर कुहाउदै,
आत्मा गलाउँदै
काँचका एस्ट्रे भरि
विष पिउँदै
जीवन ओकल्दै
फ्याक्दै छ ऊ |

हरेक दिन,
जीवन खाली हुन्छ
एस्ट्रे भरिन्छ
र फ्याकीन्छन्
आयुका अंशहरु
एस्ट्रेको खरानी सँगै |
हरेक दिन

हरेक दिन
जिउने बहानामा
विष पिएर,
मर्दै जिउँदै छ,
जिउँदै मर्दै छ |
जीवन खियाउँदै छ
तर निष्कृय छ
गती सुन्य छ
उसको जीवन !

हरेक दिन
एक्लो
साथ केवल एस्ट्रेको,
र विषको ठुटाको
उसको सहयात्रा |

ऊ सधैँ तानिरहन्छ
कारण थाहा छैन
सायद जिउन
तर मिर्त्युवरण गरिरहेछ
तै पनि जसोतसो
जीवन धानिरहन्छ
विष तानिरहन्छ |
जिउँदो मृत्यु !!!
उसको सहयात्रा !!!

__________________________
लेखन मिति: २०६२-०६-१५, झापा, नेपाल