Saturday, December 22, 2012

"Shaking the Tree" Movement



An Interview of mine and Ganesh Pandey (a documentary director and a journalist) in a F.M.Radio in Damak, Jhapa about our Shaking the tree Movement and the purpose of documentary making. please listen once when you get time !

Thursday, December 20, 2012

अभियान अभियानको


"Shaking The Tree" एउटा अभियान यो| शाब्दिक अर्थ रुखलाई हलाउनु होला| हामी मान्छेहरु रुख भन्दा फरक र विकसित छैनौ की जस्तो लाग्छ कहिले काहिँ| कम्ति मा रुखले मान्छे र अन्य प्राणीलाई अक्सिजन दिन्छ, सितल छहारी र बास् दिन्छ तर मान्छे मा आजभोली संवेदना हराउदै गएको पाउँछु म | बेवास्ता, उदासिनता, नैराश्यता, दिक्दारी अहिलेका मान्छेहरुको अंग बनेका छन् जसले कहिले छोड्दैन! मान्छे व्यक्ति बादी बढी भयो| मलाई चै मान्छेको यो अवस्था देखेर नैराश्यता उत्पन्न हुन थालेको छ | अहिलेको  युवा पुस्ता र तिनका व्यवहार हेर्छु, मलाई देशको भविष्य माथी झन् चिन्ता बढ्छ | हामी सबै कुरा थाहा पाएर पनि थाहा नपाए जस्तो गर्छौ | समस्या त्यहिँ छ | त्यसैले हाम्रो यो अभियान को अर्थ हो त्यस्ता मानिसहरुलाई झक्झक्याउनु, सुतेकाहरुलाई उठाउनु |

   मानव अधिकार सम्बन्धि वृत्तचित्र लिएर देश दौडाहा गर्छु, सक्दो युवाहरुको मनस्थिति परिवर्तन गर्छु भनेर हिडेको ४ महिना भएछ | उपत्यका लगायत धादिंग, गोरखा, दोलखा, नुवाकोट, नवलपरासी र अहिले झापा सम्म आइपुग्दा मैले नैराश्यता भन्दा बढी प्रेरणा पाएको छु | धेरै युवाहरुले आफुलाई कार्यक्रमले सच्चिनै प्रभाव पारेको अनुभूति सुनाएका छन् मलाई | शिक्षकहरुले आफ्ना बिद्यार्थीहरको विचार र व्यवहारमा परिवर्तन आएको खुशी बाँडेका छन् म सँग र मेरो खुशी पनि त्यहिँ हो | मैले १०० जना युवाको अगाडी कार्यक्रम गर्दा सबैको मनस्थिति बदल्छु भनेर मलाई कहिले पनि लाग्दैन तर त्यसमा १० जनाले मात्र पनि आफुलाई परिवर्तन गर्ने बारेमा सोचे र गरे भने म आफुलाई सफल भएको ठान्दछु | केहि हुदै नहुनु भन्दा थोरै भए पनि हुनु धेरै राम्रो कुरा हो | समाज बदल्ने ठुलो सपना बोकेको अभियान हो यो | सक्दो धेरै ठाउँमा कार्यक्रम लैजाने योजना छ | झापा पछि लगत्तै बाग्लुंग, पर्वत र म्याग्दी जादैछौँ कार्यक्रम लिएर |
हामीले प्रसस्त पैसा व डलर भएर यो काम गरिरहेको होइन | हामीले यसमा पनि एउटा संस्कार बसाउन खोजेका छौ | हुनेखाने ले नहुनेलाई सहयोग गर्ने भन्ने | काठमांडौ र अन्य स्थानमा बोर्डिंग स्कूलमा पढ्ने भाई बहिनीहरुले उनीहरुकै उमेरका उनीहरुजस्तै तर गाउँमा बस्ने र हाम्रो कार्यक्रमको लागि खर्च बहन गर्न नसक्ने भाई बहिनीहरुको लागि सहयोग गर्छन् | हामी उनीहरुले सहयोग स्वरुप उठाएर दिएको रकमले गाउँ गाउँमा गएर न्युनतम खर्चमा कार्यक्रम गर्छौ | अभियानको सुरु देखिनै कार्यक्रमको संयोजनको जिम्मा लिएको छु | त्यसले एक किसिमको सक्ति र आँट प्रदान गरेको छ | 
      Human Rights Film Focus Nepal नाम दियौं हामीले संस्थालाई | मानव अधिकार सम्बन्धि संस्था भए पनि फिल्महरुलाई माध्यमको रुपमा प्रयोग गरेकोले यो अलिकति फरक खालको संस्था हो | कलालाई समाज रुपान्तरणको लागि प्रयोग गर्नु यसको अर्को बिशेषता हो |

  सबै ठाउँहरु आफु अनुकूल पक्कै हुदैनन् | हरेक ठाउँमा काम गर्दा केहि न केहि अफ्ठ्याराहरु आउँछन्, सामान्य हो | दमक, झापा पनि त्यसको अपवाद बन्न सकेन | युनिक कलेजका भाइबहिनीहरूले हिजो पौष ५ गते बिहिवार सहभागिता जानाए आज ६ गते मोडेल कलेजमा कार्यक्रम भयो| यो कार्यक्रमको मुख्य अभियान स्कूल/कलेजमा भए पनि आम समुदायको लागि पनि यसले उत्तिकै महत्व राख्छ | पुर्व योजना र सल्लाह अनुसार भोलि ७ गते सनिबार एउटा बौद्दिक प्रदर्शनी हुनेछ एस. एन. मार्केट भित्रको SCAF नेपाल नामक संस्थाको कार्यालयमा | आइतबारलाई आफुले बालापनमा पढेको स्कूल बाणी मा.वि. गुहावारीमा कार्यक्रम लैजाने योजना बनाएको छु |

   म थाक्न चाहन्न अहिले | म इमानदार भएर भन्छु म साच्चै समाज बदल्ने अभियानमा हिडेको छु | मलाई सहयोगी हातहरुको आवश्यकता छ | तपाइहरु कोहि हुनुहुन्छ् अलिकति बल लगाउन सक्ने, थोरै जिम्बेवारी लीन सक्ने | आफु, मात्र आफु बाट अलिकति माथी उठ्न सक्ने, हातमा हात मिलाउन सक्ने, हैसेमा होस्टे गर्न सक्ने भने कृपया खबर पाउँ | मैले गर्न सक्ने काम को लागि म हरदम हरदम तयार छु |



_____________गोपाल अर्याल_______________

______________२०६९/०९/०६________________

Thursday, December 6, 2012

गजल

बनायौ आफ्नै र बिरानो बनायौ !!
चलायौ खुकुरी अचानो बनायौ !!

देख्छ मान्छे सबै मेरै मात्र गल्ती
बन्यौ ठुलो मलाई सानो बनायौ !!

छैनन् रहर, सपना छैनन् अब
डुबायौ मलाईं ओभानो बनायौ !!

बाँच्छौ कसरी भाचियो यो गोपाल
आज सम्म त सधैँ छानो बनायौ !

________गोपाल अर्याल______
_____मिति: मङ्सिर-२१, २०६९____

Saturday, October 13, 2012

टाउको

कहिल्यै नभरिने
असन्तुष्टिको एउटा भाँडो,
मान्छे |
एक, दुई, तीन, चार,
लमक लमक लमक लमक
अघि पछि
दायाँ बायाँ
लम्कन्छ लम्कन्छ
लम्किरहन्छ |
जब सम्म भरिन्न त्यो,
र खाली खाली फुट्छ
रित्तो...!
कोलाहल,
भिड,
अत्यास्,
तिर्खा,
सपना,
आशाको एउटा त्यान्द्रो |
थोपरिएको एउटा जिन्दगी |
सकी नसकी बोकेर
संसारका टाउकाहरु
टाउकामा एउटा संसार
कैयन संसारहरु
उचालेर,
टाउको फुटुन्जेल
असन्तुष्टी बोकेर,
सन्तुष्टी खोज्दै
दौडन्छ |
एउटा टाउको,
अर्को टाउकाको
सन्तुष्टी सँग असन्तुष्ट छ |
अर्को टाउको,
अर्को टाउकाको
असन्तुष्टी सँग सन्तुष्ट छ |
असन्तुष्ट टाउकाहरु,
असन्तुष्ट मनहरु,
बिचारहरु,
इर्श्याहरु,
लालचहरु,
सबै सबै एउटा भाडा हुन् |
जो कहिल्यै भरिन्न |
मान्छे.....
एउटा असन्तुष्ट टाउको !!!

________गोपाल अर्याल_______
लेखन मिति: २०६८-०२-०३, मैतीदेवी, काठमाडौँ |

Wednesday, October 10, 2012

सुनकोशीहरु




अचम्मको सहनशिलता,
अचम्मको धैरता,
वर्षौं देखि अटल,
उत्तानो परेर लमतन्न
पसारिएको छ चट्टान,
र पसारिएका छन् चट्टानहरु !
रातदिन नभनी
सम्भोगमा व्यस्त छ सुनकोशी
र व्यस्त छन् सुनकोशीहरु !
कयौँ भ्रुणहरु गुमाए
सुखको के कुरा
दुख साटासाट गर्दै
सँगै युगौँ बिताई सक्दा पनि
बाझै रहेका सुनकोशीहरु
र चट्टानहरु
मान्छेहरुले अलिकति मात्र पनि
ध्यान दिईदिए
कति बिजुली सन्तान हुदाहुँन् तिनका ||

______________गोपाल अर्याल____________
लेखन मिति: २०६९-०६-२४, स्वयम्भु, काठमाडौँ !

Sunday, September 30, 2012

मान्छे हुन सकिन


मेरै हातले खारेको सुन र पानीले
मेरै हातले सिँगारेको मुर्तिलाई
मै बाट चोख्याएर
उनीहरुले आफ्नु बनाए,
अनि फेरी त्यो
कहिले मेरो हुन सकेन | 
मैले बनाएको मुर्ति
भगवान भयो,
म दास भएँ |
मेरै सुनले छुने पानी
गंगाजल भयो,
म फोहर नालीको 
दुर्गन्धित पानी भएँ |
उनीहरुले आफुलाई 
भगवान बनाए,
र मेरो भाग्य लेखे |
म बिचरा....
आफ्नै भाग्य लेख्न सकिन |
मान्छे सम्म हुन सकिन |

_______गोपाल अर्याल_______
झन्नै दुई वर्ष अगाडी, स्थान: दोलखा, सुन्द्रावती |
[सन्दर्भ: नाटक निर्देशन]

म यसरी लेख्छु "गजल"

भावनालाई शब्दभित्र ढालेर लेखेँ |
कहिले अध्यारोमा बत्ती बालेर लेखेँ |

कहिले काहिँ सोच्दा सोच्दै आधि रात हुन्थ्यो
उठेँ ओछ्यान बाट सिरक फालेर लेखेँ |

टुक्रीएझैँ लाग्थ्यो मन, दुख्थ्यो सम्झनाले
बुझाउन चित्त मन यो टालेर लेखेँ  |

बितेका ती पलहरु याद आएपछि
लिएँ कलम शब्द शब्द चालेर लेखेँ |

सम्झे गजलको स्वरुप दिलाउछु अब
अनि काफिया र रदिफ हालेर लेखेँ |

_____________गोपाल अर्याल____________
लेखन मिति: २०६३-११-०२, रविभवन, काठमाडौँ !